
इलाम: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले भोली सोमबार अर्थात असार १ गतेदेखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
सूर्योदय अर्थोडक्स टि प्रोडुशर्स एसोशिएसन नेपालले बिज्ञप्ति निकाल्दै भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) का कारण नेपाली अर्थोडक्स चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएपछि उद्योग बन्द गर्ने घोषणा गरेको हो ।
एसोसिएसन नेपालले जारी गरेको विज्ञप्तिमा भारतीय पक्षले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चियाको निर्यात प्रक्रिया अवरुद्ध भएको जनाएको छ।
गुणस्तर परीक्षण, प्रयोगशाला प्रतिवेदन प्राप्तिमा ढिलाइ तथा भारतीय गोदाममा चिया रोकिँदा उद्योगहरू गम्भीर आर्थिक संकटमा परेको विज्ञप्तिमा उल्लेख छ।
अहिले करिब २ लाख किलोग्राम तयारी चिया भारतीय गोदाममा रोकिएको छ भने नेपालका उद्योगहरूमा थप १० लाख किलोग्रामभन्दा बढी तयारी चिया बिक्री हुन नसकी थन्किएको एसोसिएनसको भनाई छ।
भारतीय चिया बोर्डले परीक्षणका लागि पठाइएका नमुनाको प्रतिवेदन समेत लामो समयसम्म उपलब्ध नगराउँदा निर्यात पूर्ण रूपमा प्रभावित भएको उद्योगीहरू बताउँछन् ।
चिया निर्यात ठप्प भएपछि उद्योगीहरूले किसानलाई हरियो चियापत्तीको भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ।
विज्ञप्ती:


22 पटक हेरिएको 












