• जिल्ला प्रशासन कार्यालयले गर्यो इलाम बजारमा संचालित औषधी पसलको  अनुगमन

    इलाम: जिल्ला प्रशासन कार्यालय इलामले इलाम बजारमा संचालित औषधी पसल (फार्मेसी) हरु  अनुगमन गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईको नेतृत्वको अनुगमन टोलीले बजारका  आठ ‌औषधी पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा औषधी पसलले प्रक्रिया पुर्याएर संचालन गरेको पाएको  जनाइएको छ । अनुगमन टोलीले औषधी पसलको ...

  • माई नगरपालिकाले तिम्सिनालाई मासिक ५ हजार आश्रम बसाई खर्च दिने

    इलाम: ४१ वर्ष लामो जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई माई नगरपालिकाले सहयोग खर्च दिने भएको छ । विराटनगरको मानव सेवा आश्रममा पु¥याइएको तिम्सिनालाई नगरपालिकाले आश्रम बसाई खर्च बापत मासिक पाँच हजार दिने नगरपालिकाले जनाएको छ । सामान्य जीवनको लयमा फर्किदै गरेका माई नगरपालिका १० लुम्बाकका तिम्सिनामा पछिल्...

  • मानब अधिकार अनुगमन सूचना संकलन तथा अभिलेखिकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न

    इलामः मानब अधिकार अनुगमन सूचना संकलन तथा अभिलेखिकरण सम्बन्धी तीन दिने तालिम बिहिबार सम्पन्न भएको छ । मानब अधिकार मञ्च नेपाल ईलामले आयोजना गरेको भर्चुअल तालिममा मानव अधिकार, अधिकार, मानव अधिकार हनन् तथा उल्लंघन, ज्यादती विषयमा जानकारी गराइएको छ । एक नम्बर प्रदेश भरिका १४ मानब अधिकार रक्षक र मञ्चसँग साझेदार सस्थाका प...

  • निषेधाज्ञाको १०१ दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या पनि १०१ पुग्यो, संक्रमण नियन्त्रण बाहिर

    इलाम: जिल्लामा कोरोना भाइरस तेस्रो लहरले प्रतिदिन एक जनाको दरले ज्यान गुमाइरहेका छन् । चेन ब्रेक गर्न गरिएको निषेधाज्ञाको एक सय एक दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या पनि १०१ पुगेको छ । संक्रमणको दर र निधन हुने दरलाई हेर्ने हो भने जोखिम नियन्त्रण बाहिर गएकाे अनुमान गर्न सकिन्छ । भाइरसको तेस्रो लहरको सं...

  • पुनर्निर्माणको २३ वर्षपछि इलामकै  दोस्रो ठूलो झ्याउँ पोखरी पुरानै लयमा फर्कदै

    इलाम:  पुनर्निर्माणको २३ वर्षपछि इलामकै  दोस्रो ठूलो झ्याउँ पोखरीको सतह भरिएको छ । देउमाई नगरपालिका–८ र ९ जीतपुरमा अवस्थित पोखरीमा पानी सञ्चयको तह बढ्न थालेपछि स्थानीय खुसी छन् । कुनै बेला खेल मैदानमा परिणत भएको पोखरी अहिले पानीले भरिएको छ । पोखरीमा माछाका भुराहरू खेलिरहेका छन् । पोखरीको बीचमा प्राकृतिक रूपमै उठेको ...

  • इलामे प्रतिमाको लाज छोपी दिन इलाम नगरपालिकालाई स्थानीयको आग्रह

    इलाम: इलाम चियाबरीमा लिम्बु (याक्थुङबा) समुदायको पहिचान स्वरूप निर्माण गरिएको प्रतिमाको मर्मत गर्न सरोकारवालालाई स्थाीयले आग्रह गरेका छन् । उनिहरूले नाक तोडफोड गरी कुरूप उभिएको प्रतिमाले इलाम चियाबरीको शोभा समेत घटाउँदै लागेको बताएकाछन् । कुरूप प्रतिमाले लिम्बु समुदाय मात्र होइन समग्र जिल्लाकै सौन्दर्यतालाई प्रभाव प...

  • इलाममा निषेधाज्ञा घोषणाको ९७ दिन पुग्दा ९५ को निधन

    इलाम: जिल्लामा कोरोना भाइरस तेस्रो लहरको चेन ब्रेक गर्न गरिएको निषेधाज्ञाको ९७ दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या ९५ पुगेको छ । भाइरसको तेस्रो लहरको संक्रमणको गति तिब्र भएपछि गएको बैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा घोषणा भएको थियो । बैशाख ६ गते तेस्रो लहरको पहिलो संक्रमित भेटिएको जिल्लाको इलाम नगरपालिका भि...

  • इलामका तीन स्थानीय तहको वडा विभाजन प्रस्ताव अन्योलमा

    इलाम: सेवा प्रवाहलाई सहज र पहँुच योग्य बनाउँन इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव अन्योलमा परेको छ । संघीय सरकारले वडा विभाजनको नीतिगत व्यवस्थापन गर्न नसक्दा अन्योलमा परेको हो । स्थानीय तहको निर्वाचन हुनु एक वर्ष अगावै वडा विभाजन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, अहिलेसम्म संघीय सरकारले वडा विभाजनको...

  • पुस्ता हस्तान्तरण हुँन नसक्दा तन्नेरी पुस्ताले बिर्सदै ‘धान नाच’

    इलाम: लिम्बुहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ तन्नेरी पुस्ताले बिर्सदै गएका छन् । सञ्चार प्रविधिले अरू जस्तै लिम्बु तन्नेरी पुस्तालाई तानेपछि सांस्कृतिक पहिचान भन्दा पनि आधुनिक जीवन शैलीमा रमाउँन थालेका छन् । ‘धान नाच’ जसले लिम्बुलाई पहिचान दिलायो । र समुदायलाई चिनायो । बिचार भावनासँगै मनका चाहना साट्ने माध्य...

  • खाेसियाे तिब्बतको रोजगारी

    बझाङ: चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्खायाममा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै एक समय थियो । समयक्रमसँगै ताक्लाकोटसँगको यो सम्बन्ध नुन र ऊनमा मात्र सीमित रहेन । पश्चिम नेपालको हिमाली जिल्ला बझाङ, दार्चुला, बाजुरा र हुम्लाका स्थानीयवासी दैनिक ज्यालादारी काम, खाद्यान्न र...